विलियम अकन समुदायका हुन्। एक यस्तो समुदाय जहाँ वंश र पहिचान आमाको साम्राज्यमा चल्छ। यही परम्पराका कारण आमा जन्मिएको गाउँ अदन्सी अयासेसँग उनको असाध्यै गहिरो सम्बन्ध छ। त्यो गाउँ, त्यो माटो, त्यो संस्कार सबै विलियमका सांस्कृतिकको जरा बनेर बसेका छन्।घानाको ...
Continue readingजनसभाअघि काठमाडौँमा एमालेको र्याली (तस्बिरहरू)
नेकपा एमालेले जनपरिचालन कार्यक्रमअन्तर्गत आज काठमाडौंमा जनसभा गर्दै छ। प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभाको विघटनको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको एमालेले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको हो। एमालेको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटीमण्डपमा ...
Continue readingबेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनःस्थापित (तस्बिरहरू)
वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण पुनःस्थापित गरिएको छ। तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो।वि. सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य बेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता ...
Continue readingलुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार पहिले ब्याटिङ गरेको लुम्बिनीले आठ विकेटको क्षतिमा १५६ रन बनाएको हो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३९ रन बनाए। उनले ४३ बलमा चार चौका ...
Continue readingलुम्बिनीका कप्तान रोहित पौडेल ४९ रनमा आउट
कर्णाली याक्सविरुद्धको खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल ४९ रनमा आउट भएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको पहिलो खेलमा पौडेलले कर्णालीका कप्तान सोमपाल कामीको बलमा क्याच आउट भएका हुन्। उनले ४३ बलमा चार चौका र दुई छक्का ...
Continue readingभृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्दै एमाले, विभिन्न चोकबाट निकालिँदैछ र्याली (तस्बिरहरू)
नेकपा (एमाले)ले जनपरिचालन कार्यक्रमअन्तर्गत आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। संसद् विघटनविरुद्ध देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गरेको एमालेले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो।शुक्रबार नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको एमालले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको ...
Continue readingजैविक तटबन्ध बनेपछि हरायो बाढीको डर (तस्बिरहरू)
हरेक वर्ष मनसुन सुरु हुनासाथ बाँके, बर्दिया, कञ्चनपुरमा नदी तटीय क्षेत्रका बासिन्दा त्राहिमाम हुन्थे। गाउँ डुबानमा पर्थ्यो। खेतबारी बगर बग्थे। घर छाडेर पशु–बालबच्चा बोकेर भाग्नुपर्थ्यो। तर अब त्यो डर हराएको छ।कारण थियो- नदी किनारमा बाँस, घाँस र स्थानीय प्रजातिका बोटबिरुवाले बनाइएको २ सय २० ...
Continue readingएनपीएल : कर्णालीले फिल्डिङ रोज्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्ने
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) पहिलो खेलमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्। लुम्बिनी लगातार दोस्रो जितको खोजीमा हुँदा ...
Continue readingट्रक पल्टिँदा बन्द कान्तिलोकपथ ६ घण्टापछि खुलाइयो
कान्तिलोकपथअन्तर्गत मकवानपुरको भीमफेदीमा सडक नै बन्द हुने गरी शनिबार बिहान पल्टिएको ट्रक हटाउन ६ घण्टा लागेको छ। प्रहरीका अनुसार ट्रक हटाएपछि केही बेरअघिदेखि सडक खुलेको छ। वीरगन्जबाट औषधि लिएर काठमाडौँ जाँदै गरेको ट्रक शनिबार बिहान ५ बजेतिर कान्तिलोकपथअन्तर्तग मकवानपुरको भीमफेदी गाउँपालिका-८, बगुवास्थित कान्तिलोकपथमा पल्टिँदा दुवैतर्फ यातायात बन्द भएको थियो। ब्रेक ...
Continue readingकर्णालीविरुद्ध पावर प्लेमा लुम्बिनीको सुस्त सुरुवात
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पावर प्लेमा सुस्त सुरुवात गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको लुम्बिनीले ६ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ३६ रन बनाएर खेलिरहेको छ। क्रिजमा रोहित पौडेल ...
Continue readingबागमती करिडोरको जम्बुडाँडा क्षेत्र पुगेर कुलमानले दिए ढल व्यवस्थापन गर्न निर्देशन (तस्बिरहरू)
सहरी विकासमन्त्री कुलमान घिसिङले बागमती नदी करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइका विषयमा जानकारी लिएका छन्। मन्त्री घिसिङले शनिबार बिहान बागमती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेका हुन्। जम्बुडाँडा क्षेत्रमा ढल जाम हुँदा नदीमा मिसिएको छ। ढल ...
Continue readingप्रअ नियुक्ति शिक्षा नियमावलीअनुसार छ छैन, खोज्ने तयारी छ : शिक्षामन्त्रीका विज्ञ सल्लाहकार (भिडिओ)
प्रअ नियुक्ति शिक्षा नियमावलीअनुसार छ छैन, खोज्ने तयारी छ : शिक्षामन्त्रीका विज्ञ सल्लाहकार (भिडिओ) Read the news at:
Continue readingयी हुन् दुबईमा भारतीय लडाकु विमान उडाउँदा दुर्घटनामा परेका पाइलट
शुक्रबार दुबईमा भएको एयर सोका क्रममा भारतीय वायुसेनाको तेजस लडाकु विमान दुर्घटना भयो। जसमा पाइलट विङ कमान्डर नमन स्यालले ज्यान गुमाए।स्थानीय समय अनुसार शुक्रबार दिउँसो २ बजे दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा विमान खसेको थियो।दुर्घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।भिडिओमा तेजस विमान उडेको केही ...
Continue readingपाथीभरा क्षेत्रमा हिमपात
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्ष पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ। शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको हो। हल्का हिमपातसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए। चिसो बढेसँगै पाथीभरा ...
Continue reading‘वर्तमान राजनीतिक परिस्थिति र जेनजी आन्दोलन’बारे अन्तरक्रिया गर्दै जनमोर्चा
राष्ट्रिय जनमोर्चाले आज (शनिबार) ‘वर्तमान राजनीतिक परिस्थिति र जेनजी आन्दोलन’बारे अन्तरक्रिया गर्दै छ। पार्टीका अनुसार कार्यक्रम दिउँसो १ बजे काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा सुरु हुनेछ। कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले लिखित अवधारणा प्रस्तुत गर्ने जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए।कार्यक्रममा विभिन्न राजनीतिक ...
Continue reading