निर्देशक तथा कलाकार निश्चल बस्नेतलाई मातृशोक परेको छ। उनकी आमा अमृता बस्नेतको बुधबार उपचारका क्रममा निधन भएको हो।७१ वर्षिया अमृता लामो समयदेखि बिरामी थिइन्। लामो समयदेखि डाइलासिस गराइरहेकी उनलाई पछिल्लो समय निमोनिया समेत भएको थियो। उनको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।परिवारका अनुसार उनको आजनै अन्येष्टि गरिनेछ।
Posted inSamachar
निर्देशक निश्चल बस्नेतलाई मातृशोक

