मोटरसाइकलसँग ठोक्किएपछि जिप सडकबाट खस्यो, १० जना घाइते
तेह्रथुममा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। तेह्रथुमकै आठराईबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो जिप मेची राजमार्गमा पर्ने इलामको देउमाइ नगरपालिका–१ कुखुरे भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प १३६७ नम्बरको मोटरसाइकलसँग ठोक्किएपछि जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा झापाको बिर्तामोड नगरपालिका–६ गरामुनीकी ३० वर्षीया सुशीला तिमल्सिना, तेह्

Leave a reply