लगातारको वर्षाका कारण पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ।भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रहेको छ । पातीचौर–देउपुर–लप्सीवोट सडक निर्माणपछि करिव एक दशकदेखि सुरूआत भएको कोरुङ्गाको पहिरो बढ्दै गएर बस्ती तर्फ पुगेको हो । अहिले यहाँका पाँच घरपरिवार उच्च जोखिममा परेका छन्। पहिरोका कारण स्थानीय टीकाराम जैसीको घर भत्किएको छ, भने कुमार केसीको घर उच्च जोखिममा परेको छ। पहिरोले घर नै क्
Posted inSamachar
पहिरोले मोदीको कोरुङ्गा गाउँ जोखिममा

