सुनसरी जिल्ला कारागारबाट सामूहिक जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद सजाय पाएका एक कैदी फरार भएका छन्। फरार हुने कैदी खोटाङको चुइचुम्मा गाउँपालिका–२ का २५ वर्षीय रूपक पौडेल खत्री भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले पुष्टि गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बिहानको कैदी गणना गर्दा खत्री भेटिन नसकेपछि फरार भएको आशङ्का गरिएको बताए। ‘बिहान काउन्ट गर्दा भेटिएन, फरार भएको हो कि भन्ने खालको कुरा आयो, छानबिन समिति गठन गरेका छौँ,’ उनले भने। घटनापछ
Posted inSamachar
सुनसरी कारागारबाट सामूहिक जबरजस्ती करणी मुद्दाका कैदी फरार

