खिल बहादुर गुरुङको निर्देशित फिल्म ‘रिमै’को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा मुख्य कलाकारहरू दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् । दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको गीतमा रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ) स्वर रहेको छ। गुरुङ परिवेशमा तयार पारेको गीतको अडियो तथा भिडिओले दर्शकलाई उत्साहित बनाउने देखिन्छ। किनभने, लामो समयपछि यो सिनेमाबाट दयाहाङ राई र रिश्मा गुरुङ (काजी र मैंया) को जोडी पुनः पर्दामा हेर्न पाइनेछ।गोरखा सिरान
Posted inSamachar
‘रिमै’को शीर्ष गीतमा यस्तो देखियो दयाहाङ र रिश्माको जोडी

