नेकपा एकीकृत समाजवादीले नवप्रवेशी सम्मानित नेता वामदेव गौतम पक्षका १३ जनालाई केन्द्रीय सदस्य बनाएको छ।पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी एकीकृत समाजवादीको सचिवालय बैठकले गौतमसमेत उनी पक्षका १३ जनालाई केन्द्रीय कमिटीमा समावेश गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले नेपालखबरलाई जानकारी दिए।एमाले फुटेपछि नेकपा एकता अभियान गठन गरेका गौतम हालै मात्र एकीकृत समाजवादीमा आफ्नो समूहसहित एकीकृत समाजवादीमा समाहित भएका थिए।
Posted inSamachar
वामदेव पक्षका १३ जनालाई एकीकृत समाजवादीले बनायो केन्द्रीय सदस्य

