नेकपा एकीकृत समाजवादीले हालै मात्र पार्टीमा समाहित सम्मानित नेता वामदेव गौतम पक्षका तीन जनालाई पोलिटब्युरो सदस्य बनाएको छ। पार्टीको केन्द्रीय कार्यालयमा जारी एकीकृत समाजवादीको जारी सचिवालय बैठकले गौतम पक्षका तुलसा थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले नेपालखबरलाई जानकारी दिए। ‘बैठकले उहाँहरूलाई पोलिटब्युरो सदस्य बनाउने निर्णय गर्यो’, ती नेताले भने।
Posted inSamachar
एकीकृत समाजवादीमा वामदेव गौतम पक्षका ३ जना बने पोलिटब्युरो सदस्य

