भारतको उत्तराखण्डमा गतसाता आएको बाढीमा परेर बेपत्ता भएका बर्दियाका केही व्यक्तिको काजकिरिया सुरु भएको छ।बाढीमा बेपत्ता भएका नरेन्द्र खड्कासहित उनका पत्नी र छोराको काजकिरिया सुरु गरिएको हो। पाँच दिनसम्म खोजी गर्दा पनि नरेन्द्र फेला नपरेपछि आफन्तले कुशको शव बनाएर उनको दाहसंस्कार गरेका हुन्। बाढीमा बर्दियाको मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र, उनकी ३२ वर्षीया श्रीमती सरस्वती र २२ महिनाका छोरा रोमन, मधुवन–५ की अमृत परियार र गुलरिया–२ का सुवास दमाईं पहिरोमा बेपत्ता छन्।&nb
Posted inSamachar
उत्तराखण्डको बाढीपहिरोमा बेपत्ता केहीको कुशको शव बनाएर दाहसंस्कार

