काठमाडौँको मनोहरा खोला किनारको सुकुम्वासी बस्तीमा महानगरले डोजर लगाउँदा झडप भएको छ। महानगरपालिकाले नगर प्रहरी खटाएर बस्ती भत्काउन थालेपछि सुकुम्वासी र नगर प्रहरीबीच झडप भएको हो।आक्रोशित स्थानीयको भिडले प्रहरीमाथि इँटा, ढुंगा प्रहार गरेको थियो। उनीहरूलाई प्रहरी लाठीचार्ज गरी तितरबितर पारेको छ। महानगरका अनुसार हालै निर्माण भएका ८–१० वटा घर डोजर चलाएर भत्काइएको छ।
Posted inSamachar
मनोहराको सुकुम्वासी बस्तीमा डोजर चलाउँदा झडप

