सुनसरी कारागारबाट फरार एक कैदीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोटाङको दिप्रुङचुचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० विराट पाेखरी नजिकबाट पक्राउ गरिएको हो।जबर्जस्ती करणीका कसुरदार पौडेल २०८२ साउन २८ गते बिहान सुनसरी कारागारको पर्खाल नाघेर भागेका थिए।जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पौडेललाई आज बिहान करिब ६ बजे लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।जबर्जस्ती करणी मुद्दामा पौडेलविरु
Posted inSamachar
पर्खाल नाघेर सुनसरी कारागारबाट फरार कैदी झापामा पक्राउ

