नेपालमा मनसुन कमजोर भएसँगै वर्षा र बाढीको सम्भावना पनि घटेको छ। यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज दुई जिल्लामा मात्र बाढीको जोखिम देखिएको प्रक्षेपण गरेको छ। बाढी महाशाखाका अनुसार आज बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना देखिएको हो।मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर बनेको हो।
Posted inSamachar
आज बाढीको जोखिम दुई जिल्लामा मात्रै

