सुक्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ।चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक बन्द भएको थियो।पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका जानकारी दिए।
Posted inSamachar
पहिरो पन्छाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक

