देशकै पहिलो मानव-निर्मित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह अन्तिम विन्दुमा पुगेको छ।बर्खाको समयमा पनि जलाधार क्षेत्रमा पर्याप्त वर्षा नहुँदा जलाशायमा जलसतह अन्तिम विन्दुमा पुगेको हो।काठमाडौँ उपत्यकामा विद्युत्को मुख्य स्रोतका रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनामा पानीको सतह लगभग सकिने अवस्थामा पुगेको कुलेखानी प्रथम जलविद्युत् केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए।वर्षात्को समयमै पानीको सतह घटेपछि हिउँदमा विद्युत् आपूर्तिमा समस्या आउने भट्ट बताउँछन
Posted inSamachar
कुलेखानी जलाशयमा पानीको सतह अन्तिम विन्दुमा, काठमाडौँमा विद्युत् अभाव हुने आशंका

