सांगीतिक क्षेत्रका कलाकारहरूलाई तीजको सिजन सुरू भइसकेको छ। रेकर्डिङ र छायांकनको गतिविधि एक/डेढ महिना अघिदेखि नै सुरू भएको थियो। यतिबेला त गीत तयार भएर युट्युबमा छाउन पनि थालिसकेका छन्। जसकारण गायकगायिकादेखि कलाकार, निर्देशक, रेकर्डिस्ट र प्राविधिकहरू समेतलाई तीज गीतको चटारो छ।निर्देशक स्मृति तिमिल्सिना ‘गुरूआमा’ धमाधम तीज गीतमा काम गरिरहेकी छन्। जेठको अन्तिम साताबाटै तीज गीतको भिडिओमा लागेकी उनी यतिखेर पनि सुटिङमै व्यस्त छिन्। उनले यो वर्ष एक दर्जनभन्दा बढी भिडिओहरू निर्देशन गरिसकेकी
Posted inSamachar
बर्सेनि सयौँ तीज गीतमा करौडौँ खर्च, तर बिरलै उठ्छ लगानी

