मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।मंगलबार (आज) अपराह्न ४ः२० बजे तिरको समयमा पाल बहादुर घलानको घरमा किरियाको कामकाजका लागि आएका व्यक्तिहरू बसेको स्थानमा चट्याङ खस्दा स्थानीय ४२ वर्षीय विषाल ब्लोनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।प्रहरीका अनुसार अन्य सात जना सामान्य घाइते भएका छन्। घाइतेहुनेमा सोही स्थानका बम बहादुर घलानकी १२ वर्षीया छोरी बर्षा घलान, जित बहादुर घलानका १२ वर्षीय छोरा सुजन घल
Posted inSamachar
किरिया बसेको घरमा चट्याङ लाग्दा १ को मृत्यु, ७ जना घाइते

