सर्लाहीमा दुई सवारी साधन आपसमा ठोकिएर भएको दुर्घटनामा घाइते भएका पाँच जनामध्ये दुईजना नेपाली सेनाका जवान भएको खुलेको छ। सोमबार ईश्वरपुर नगरपालिका १२ र १३ को सीमा क्षेत्रमा पर्ने बाँके चोकदेखि दक्षिणतर्फ रहेको रेल्वे ट्रयाक नजिक श्रीनगर-बाँके सडक खण्डमा दुई सवारी साधन आसपमा ठोकिँदा पाँचजना घाइते भएका थिए। दुर्घटनामा घाइते हुने मोटरसाइकल चालक ईश्वरपुर-१५ का २३ वर्षीय चन्द्रदेव धामी र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २२ वर्षीय प्रशेस चौधरी सैनिक जवान भएको प्रहरीले जनाएको छ। उनीहरु
Posted inSamachar
सर्लाहीमा ३ जना सवार मोटरसाइकल दुर्घटनामा घाइते हुने २ जना सैनिक जवान

