मुस्ताङको घरपझोङ गाउँपालिका-२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण गरिएको छ। दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो।बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको ९० लाख साझेदारी गरी जम्मा दुई करोड ८७ लाख २६ हजार रुपैयाँ लागतमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए। बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ । बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो। राष्ट्रिय गौरवको ब
Posted inSamachar
कालीगण्डकी नदीमा ४२ मिटर लामो बेलिब्रिज जडान

