रौतहट सदरमुकाममा आज बिहान सुटकेशभित्र फेला परेको युवतीको शवको सनाखत भएको छ। उक्त शव रौटहटको माधव नारायण नगरपालिका- २ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए। गौर नगरपालिका- ९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले शंकास्पद अवस्थामा ठूलो सुटकेश देखेका थिए। त्यतिबेलै स्थानीयले प्रहरीलाई खबर गरेका भए पनि प्रहरीले आज बिहान मात
Posted inSamachar
अपडेट: सुटकेशभित्र भेटिएको युवतीको शवको सनाखत

