हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा आरजु राणासँग भेट गरेका छन्। आइतबार परराष्ट्र मन्त्रालयमा भेटगर्दै मन्त्री राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह गरेका थिए।विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र उनको रिहाइका लागि अपिल गर्न हालै इजरायल गएका थिए। इजरायलबाट फर्केपछि उनीहरूले मन्त्री राणालाई भेटेर यसबारेमा जानकारी गराएका हुन्।भेट
Posted inSamachar
विपिनकी आमा र बहिनीले भेटे परराष्ट्रमन्त्री, रिहाइका लागि अझै पहल बढाउन आग्रह

