भियतनाममा काजिकी नामको शक्तिशाली आँधी आएको छ।भियतनामको राष्ट्रिय मौसम विभागका अनुसार यस आँधीको गति प्रतिघण्टा ११८ देखि १३३ किलोमिटरसम्म रेकर्ड भएको छ।यसका साथै भारी वर्षा, बाढी र पहिरोको खतरा पनि व्यक्त गरिएको छ।सावधानीका रूपमा सरकारले ५ लाख ८६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान सुझाव दिएको छ।राहत र उद्धार कार्यका लागि हजारौं सैनिकहरूलाई तयार राखिएको छ।
Posted inSamachar
भियतनाममा भीषण आँधी, झन्डै ६ लाख मानिसलाई सुरक्षित स्थानमा सर्न चेतावनी

