ज्यान मार्ने उद्योगसम्बन्धी अपराधमा पाँच वर्षको कैद भुक्तान गरिरहेका दीपक मनाङे भनिने राजीव गुरुङ कैदबाट निस्केपछि पनि थप ६ वर्षसम्म चुनाव लड्न नपाउने भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले हालै एक फैसलामा यस्तो व्याख्या गरेको हो।यसअघि दुईपटक मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका मनाङे हाल डिल्लीबजार कारागारमा छन्। सर्वोच्च अदालतको निर्णयले नै उनी सांसद पदबाट मुक्त भइसकेका छन्। अब उनले कैद भुक्तान गरी रिहा भएको दिनबाट लागू हुने गरी ६ वर्षसम्म चुनाव लड्न नपाउने व्याख्
Posted inSamachar
दीपक मनाङे ६ वर्षसम्म चुनाव लड्न नपाउने, उपनिर्वाचनको बाटो पनि खुल्यो

