झापाको मेचिनगर नगरपालिका–९, दुर्गा मन्दिरनजिक साेमबार बेलुकी अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा एक जना घाइते भएका छन्।कञ्चन निर्माण सेवाले सडक पिच गर्ने क्रममा प्रयोग भइरहेको मे १ ख ३१३७ नम्बरको अलकत्रा ट्याङ्करमा अत्यधिक तापका कारण आगलागी भएको हो।घटनामा सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-६ निवासी करिब ३१ वर्षीय कामदार उमेश कुमार राय घाइते भएका हुन्। अनुहार, दुवै हात र खुट्टामा जलेका उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।आगो ल
Posted inSamachar
झापामा अलकत्रा ट्याङ्करमा आगलागी, एकजना घाइते

