व्यवसायिक भिसामा नेपाल आएका एक अमेरिकी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। आज मंगलबार बिहान अमेरिकी नागरिक डानियल एस कर्नीलाई अध्यागमनको टोलीले नियन्त्रणमा लिएको हो। विभागले उनले काठमाडौँका विभिन्न क्षेत्रमा इसाई धर्मको प्रचार गरेको भेटिएपछि नियन्त्रणमा लिएको जनाएको छ। विभागले उनीमाथि थप अनुसन्धान जारी रहेको पनि जानकारी दिएको छ।
Posted inSamachar
व्यावसायिक भिसामा नेपाल आएर इसाई धर्म प्रचार गरिरहेका अमेरिकी नागरिक पक्राउ

