सरकारले उखु किसानहरूलाई प्रोत्सहान, अनुदानवापतको रकम आज निकासा गरेको छ। अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रुपैया निकासा गरेको हो। निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यलयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो। यो रकम प्राप्
Posted inSamachar
उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म खातामा

