नुवाकोटको ककनी गाउँपालिका–२ काउलेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।बा. प्र ०२–०५५ प ५१४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर र्घटना हुँदा चालक इलाम माईजोगमाई गाउँपालिका–५ बस्ने ४५ वर्षीय किरण राईको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Posted inSamachar
मोटरसाइकल सडकबाट १० मिटर तल खस्दा एक जनाको मृत्यु

