डिशहोमले भर्चुअल प्रिभिलेज कार्ड मार्फत चन्द्रागिरि हिल्ससँग साझेदारी गरेको छ। साझेदारीमार्फत सक्रिय डिशहोम ग्राहकहरूले अब चन्द्रागिरी केबलकार टिकटमा १० प्रतिशत छुट पाउनेछन्।काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यका कारण प्रसिद्ध चन्द्रागिरि हिल्स काठमाडौं उपत्यकाबाट छिटो पहुँचिने प्रमुख पर्यटन गन्तव्य हो। यस साझेदारीले डिशहोमका ग्राहकहरूले छुटसहित चन्द्रागिरि हिल्सको अनुभव लिन सक्ने अवसर प्रदान गर्दछ।
Posted inSamachar
चन्द्रागिरि केबलकारसँग डिशहोमको साझेदारी

