बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ को २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। आज बिहान करिब ७ः३० बजेतिर स्कुटर लिएर आधाभार जङ्गलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए। खोजतलासका क्रममा जङ्गलभित्र स्कुटी र घाँस भेटिए पनि उनी फेला परेनन्। त्यसपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए।प्रहरीले खोजतलास ग
Posted inSamachar
बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

