नेपाली सेनाका दुइजना पृतनापति हेरफेर भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४ जना उपरथीको सरुवा गर्ने निर्णय गरेको हो। जसमा उत्तरपश्चिम पृतना र सुदूरपश्चिम पृतनाका पृतनापति फेरिएका छन्। प्रबन्धरथी विभागका प्रमुख दिपेशजंग शाहलाई उत्तरपश्चिम पृतनाको पृतनापतिमा सरुवा गरिएको छ। यसअघि यहाँ कार्यरत अनुपजंग थापा सैनिक मुख्यालय सरुवा भएका छन्। यस्तै सुदूरपश्चिम पृतनाका पृतनापतिको जिम्मेवारी किरण केसीले पाएका छन्। यहाँ कार्यरत प्रकाश देउजालाई सैनिक मुख्यालय सरुवा गरिएको छ। सोमबारकै मन
Posted inSamachar
नेपाली सेनाका दुई पृतनापति हेरफेर: उत्तरपश्चिममा शाह, सुदूरपश्चिममा केसी

