नुवाकोट प्रहरीले शिवपुरी गाउँपालिका-६, गुर्जेस्थित बार्दलीइन होटलमा कौडा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ६ जना महिला रहेका छन्।जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बुधबार राति करिब ११ः२५ बजे प्राप्त गोप्य सूचनाको आधारमा खटिएको टोलीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।प्रहरीले घटनास्थलबाट कौडा ३१ थान र नगद १० लाख ७१ हजार ६ सय रुपैयाँ बरामद गरेको जनाएको छ।पक्राउ परेकाहरूमाथि आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटब
Posted inSamachar
नुवाकोटमा जुवा खेल्दै गरेका ६ महिलासहित २२ जना पक्राउ

