प्रधानमन्त्री केपी शर्मा ओलीले भारत-चीनले नेपाली भूभाग लिपुलेक क्षेत्रबाट व्यापार गर्ने गरी गरेको सम्झौताबारे कुरा उठाउने बताएका छन्। शनिबार चीन भ्रमण जाने ओलीले त्यहाँ यसबारे कुरा गर्ने बताएका हुन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा चीन भ्रमणबारे जानकारी गराएका ओलीले सम्बोधनका क्रममा भने लिपुलेकको विषयमा केही कुरा गरेका थिएनन्। उनले चीन भ्रमणमा आफ्नो तालिका र कार्यक्रम सार्वजनिक गर्दा लिपुलेकको कुरा गर्नेबारे बोलेका थिएनन्। बैठकपछि बाहिरिनेक्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने
Posted inSamachar
चीन भ्रमणमा लिपुलेकको कुरा उठ्छ? प्रधानमन्त्रीले भने- अवश्य उठ्छ

