फरवार्ड मीना देउवाको ह्याट्रिक सहयोगमा साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित दर्ता गरेको छ। बंगलादेशको ढाकास्थित किंग्स एरिनाको अभ्यास मैदानमा भएको खेलमा नेपालले श्रीलंकामाथि ७-० को फराकिलो जित हात पारेको हो। वर्षाका कारण किंग्स एरिनाको मैदान खेल्न अयोग्य भएपछि अभ्यास गर्ने मैदानमा खेल भएको थियो। निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिला सुरु भएको खेलमा मिनाले ह्याट्रिक गरिन्। पूर्णिमा राईले दुई तथा समिक्षा मगर र सरिता नाथले समा
Posted inSamachar
मीना देउवाको ह्याट्रिकसहित श्रीलंकामाथि नेपालको फराकिलो जित

