मौरिटानियाको तटमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६९ जना आप्रवासीको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन्।मौरिटानियाको तटरक्षकलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार १७ जनाको उद्धार गरिएको छ भने बाँकीको खोजी जारी छ।काठको जस्तो देखिने डुङ्गा स्पेनको क्यानरी टापुतर्फ जाँदै थियो।बाँचेकाहरूका अनुसार, मंगलबार दुर्घटना हुनुभन्दा ६ दिनअघि गाम्बियाबाट डुङ्गा निस्किएको थियो। यसमा लगभग १६० जना थिए, जसमा धेरैजसो गाम्बिया र सेनेगलका नागरिक थिए।युरोप पुग्ने प्रयास गर्ने अफ्रिकी आप्रवासीहरूमा एट्ला
Posted inSamachar
गाम्बियाबाट स्पेन जाँदै गरेको डुंगा पल्टिँदा कम्तीमा ६९ आप्रवासीको मृत्यु

