आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। सिन्धुली दुधौली नगरपालिका-१४ भौडीका तुलाराज सुनुवारले आइतबार बिहान ११:३० बजे आफ्नी आमा ६५ वर्षकी फालकुमारीलाई फलामको खन्तीले टाउको र छातीमा प्रहार गर्दा मृत्यु भएको आरोप छ। घटनास्थलमा प्रहरी चौकी दुधौलीबाट खटिएको टोली र स्थानीयले भाग्दै गरेका सुनुवारलाई नियन्त्रणमा लिएको छ। उनीहरूबीच घरायसी विवाद उग्र हुँदा घटना हुन पुगेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
Posted inSamachar
खन्तीले प्रहार गरी आमाको हत्या आरोपमा छोरा पक्राउ

