गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएको भन्दै यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनु पर्ने कारण नभएको बताएका छन्।नेपाल प्रेस युनियन पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा यसप्रति जनाएको आपत्ति सही भएको तर्क उनले गरे।‘
Posted inSamachar
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरुले चित्त दुखाउनुपर्दैनः गृहमन्त्री

