युनिटी लाइफ इन्टरनेसनलका नाममा पौने ४ अर्ब रुपैयाँ ठगी गरेको प्रकरणका पीडितलाई आफ्नो रकम दाबी गर्न ललितपुर जिल्ला अदालतले आह्वान गरेको छ।अदालतले आज एक सूचना जारी गरी युनिटीमा रकम जम्मा गर्ने सबै सरोकारवालाहरूलाई अबको एक महिनाभित्र प्रमाणसहित आफ्नो दाबी पेस गर्न भनेको छ।निवेदन दिँदा देशभरिका जुनसुकै जिल्ला अदालतका तहसिल शाखामा दिन सकिने पनि सूचनामा उल्लेख छ।‘सर्वोच्च अदालतको २०८२ वैशाख २ गतेको फैसलाअनुसार युनिटी लाइफ इन्टरनेसनल लिमिटेड, ललितपुरका नाममा रकम जम्मा गर्ने सबै सरोकारवालाहरू
Posted inSamachar
युनिटी पीडितलाई रकम फिर्ता लिन ललितपुर अदालतले बोलायो, सबै जिल्लामा निवेदन दिन सकिने

