बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो एक महिनामा कुल बजेटको ०.००६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट विनियोजन गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा ३ करोड ८७ लाख ३४ हजार रुपैयाँ खर्च गरेको हो।साउनमा प्रदेश सरकारले चालुतर्फ कुल विनियोजित बजेट २६ अर्ब ४ करोड ४६ लाखमध्ये ३ करोड १५ लाख ३४ हजार अर्थात् ०.१२ प्रतिशत खर्च गरेको छ भने पुँजीगततर्फ विनियोजित ४१ अर्ब ४३ करोड २६ लाखमध्ये ७२ लाख रुपैयाँ अर्थात् ०.०२ प्रतिशत खर्च गरेको
Posted inSamachar
बागमतीमा साउन महिनाको बजेट खर्च ०.००६ प्रतिशत

