शिक्षाविद् अभियन्ताहरूले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी आसन्न विद्यालय शिक्षा विधेयकका सन्दर्भमा संविधान रक्षकको भूमिका खेल्न आग्रह गरेका छन्। यस क्रममा उनीहरूले प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा विधेयकले संविधान प्रदत्त सामाजिक न्याय र समतामूलक सिद्धान्तको मर्मलाई समेट्न नससकेको बताए। उनीहरूले राष्ट्रपतिलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनेका छन्, ‘यो दृष्टिकोणले हेर्दा यो विधेयकले खास सैद्धान्तिक वा वैचारिक आधार समाएको छैन। आधा शताब्दी भन्दा ल
Posted inSamachar
राष्ट्रपतिसँग भेट गर्दै शिक्षाविद्हरूले शिक्षा विधेयकप्रति राखे ५ असहमति

