प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्किने भएका छन्। प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए। यस्तै, उनले शिखर सम्मेलनलाई सम्बोधन गरे। नेपाल सन् २०१६ देखि सो संगठनको संवाद साझेदार रहँदै आएको छ।
Posted inSamachar
प्रधानमन्त्री ओली चीनबाट आज फर्कदै

