सरकारले किसानलाई वितरण गर्न पठाएको २ सय बोरा अनुदानको मल लुकाएर कालोबजारी गरेको आरोपमा एक जना व्यवसायी उदयपुरबाट पक्राउ परेका छन्। उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एन्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गएको अनुगमन टोलीले चौधरीले सञ्चालन गरेको स्टोर्सबाट गत भदौ १२ गते २ सय बोरा युरिया मल बरामद भएको थियो। किसानलाई उपलब्ध गराउन ल्याइए
Posted inSamachar
२ सय बोरा अनुदानको युरिया मल लुकाउने व्यापारी पक्राउ

