स्याङ्जा जिल्लाका तीनवटा स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ।इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०० औँ जन्मदिवसको अवसरमा पालिकाहरूले शुक्रबार बिदा दिएका हुन्।वालिङ, भीरकोट र पुतलीबजार नगरपालिकाले आज सार्वजनिक बिदा दिएकाे जनाएका छन्। मुस्लिम समुदायको माग अनुसार पालिकाहरूले सार्वजनिक बिदा दिएका हुन्।ती पालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु र सार्वजनिक संस्थाहरू आज बन्द रहनेछन्।
Posted inSamachar
स्याङ्जाका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

