सिन्धुलीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्। आज बिहान कमलामाई नगरपालिका- ९ बथानचौडी नजिकै मदनभण्डारी राजमार्गमा विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँमा ४६ वर्षीय भुवन भुजेलको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ट्रकको ठक्करबाट सोही ठाउँका ६४ वर्षीय टेकप्रसाद दाहाल गम्भीर घाइते भएका छन्। उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार भ
Posted inSamachar
ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु, अर्का घाइते

