मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव मोहम्मद जयन्तीको अवसरमा प्रदेश सरकारले शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बिहीबार मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा आज सावजनिक बिदा दिने उल्लेख छ। सूचनामा भनिएको छ, ‘मधेश प्रदेश सरकारद्वारा २०८१ साल चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित ०८२ सालमा दिइने थप बिदासम्बन्धी सूचनाअनुसार भदौ २० गते शुक्रबार मोहम्मद जयन्तीको दिन सार्वजनिक ब
Posted inSamachar
मधेसमा आज सार्वजनिक बिदा

