केहीदिनयता महेन्द्रनगर बजारमा देउडाको रौनक छ। गाउँ बस्तीमा पनि देउडाले गुञ्जयमान छन्। तन्नेरीदेखि वृद्धवृद्धा गोलवद्ध भएर देउडा खेलमा झुम्मेका देखिन्छन्। सबैले खुट्टाको चालमा चाल मिलाउँछन्। यसरी तीन पुस्ता एकसाथ देउडा खेल्दै रमाइलो गर्ने गरेका छन्।गोलो घेराको बीचमा देउडिया (गीतकार)ले गीत गाउँछन्। त्यही गीतलाई गोलो घेरामा रहेकाहरूले लय मिलाएर पालैपालो दोहोर्याउँछन्। देउडामा पाइला मिलाइरहेका भेटिए, भीमदत्त नगरपालिका– २ का ७० वर्षीय शिवदत्त जोशी। उनी केही दिनयता प्रत्येक दिन बे
Posted inSamachar
सुदूरपश्चिममा देउडाको रौनक, झुम्मिदै वृद्धदेखि युवासम्म (तस्बिर)

