आगामी भदाैमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न नेकपा एमालेकाे केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा विधान महाधिवेशनको तयारीसहित विविध विषयमा छलफल र निर्णय हुनेछन्। विधान संशोधनको प्रस्तावका खाकाहरू उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्
Posted inSamachar
एमालेको सचिवालय बैठक आज, विधान महाधिवेशन बारे छलफल हुने

