इलाममा गएराति एक युवकको हत्या भएको छ। सूर्योदय नगरपालिका–१ मा गएराति इलामकै माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ३२ वर्षीय दाजु निरोज चापागाईंसँगै ससुराली घर गएका प्रकाशको सूर्योदय– १, शिरिसेमा हत्या भएको हो। उनलाई ३३ वर्षीय किरण शेर्पाले धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ।स्थानीय काजी तामाङको घरमा भएको झगडाका क्रममा चापागाईँमाथि धारिलो हतियार हुँदाउनको घटनास्थलमै मृत्यु भएको हो। घटना
Posted inSamachar
दाइको ससुराली गएका २१ वर्षीय युवकको हत्या, दाजुमाथि पनि खुकुरी प्रहार

