सत्तारुढ नेकपा (एमाले)को विधान महाविधेशनमा जाँदै गरेका कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीको ठक्करबाट घाइते भएकी किशोरी अस्पतालबाट डिस्चार्ज भएकी छन्।शनिबार बिहान विधान महाविधेशनमा सहभागी हुन ललितपुरको गोदावरीतर्फ जाँदै गरेका प्रदेशमन्त्री राना सवार गाडीले ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा ती किशोरीलाई ठक्कर दिएको थियो। त्यसपछि उनलाई ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा लगिएको थियो। ११ वर्षकी ती किशोरीको चेकजाँच गरिएको थियो। उक्त परीक्षणबाट सबै सामान्य देखिएपछि उन
Posted inSamachar
प्रदेशमन्त्रीको गाडीको ठक्करले घाइते किशोरी २ घण्टा अस्पताल बसेर डिस्चार्ज

