आईएमई पे र खल्ती वालेट मर्ज भएर आज (साउन १ गते) बाट ‘खल्ती बाइ आईएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही याे कारोबारमा जोडिएका कम्पनीले जनाएकाे छ। यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ। यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप
Posted inSamachar
आईएमई पे र खल्तीको एकीकृत सेवा सुरु

