एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ। काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका हुन्। उनीहरु दुवैले स्नाकोत्तर उत्तीर्ण गरेका छन्। उनीहरुलाई समकालीन साथीहरू विदेशिँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन्।परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प देखिँदैन भन्थे। तर तीर्थ र ताराले विदेशको विकल्प रोज्ने होइन, नेपालमै उद्यमी बन्ने सपना देखे । यतिबेला उनीहरू दुई वर्षको छोरासँगै आफ्नो उद्योगलाई
Posted inSamachar
१ करोड लगानीमा साबुन उद्योग सञ्चालन

