कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। हरेक वर्ष साउन १ गते कर्णालीमा याे पर्व मनाउने प्रचलन छ।२०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो।अघिल्ला वर्षामा पनि कर्णालीमा साउन १ गते सार्वजनिक बिदा दिने गरिएको थियो। कर्णाली प्रदेशको माथिल्लो भेगमा साउने सङ्क्रान्ति र देउडा दुवै विशेष रुपमा मनाउने गरिन्छ।
Posted inSamachar
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

